काठमाडौं । आज पनि देशको केही भागमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायु थप सक्रिय हुँदा यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।






