आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो दिन पुरुषमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लव, कोशी प्रदेश र महिलामा एभरेष्ट भलिबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पुरुषतर्फ आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । आर्मी २९–२७, २५–१९ ले २५– १७ ले विजयी भयो । त्यस्तै, कोशीले ढोरपाटन क्लबलाई ३–१ ले हरायो ।
समूह ए को खेलमा पहिलो सेट गुमाएको कोशीले २३–२५,२५–२०,२५–१८,२५–१९ को जित निकालेको हो । त्यसअघि नेपाल पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो । पुलिस २५–९,२५–१३–२५–१३ ले विजयी भएको हो । आजै विहान भएको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले बिजयी सुरुवात गरेको थियो । एभरेष्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । एभरेष्ट २५–१२,२५–७, २५–११ ले विजयी भयो ।






