काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू भाषण भन्दा पनि काम गर्ने बताउनुभएको छ । काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्घाटन समारोहमा प्रमुख साहले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताउनु भयो ।
प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताउनु भयो । उहाँले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताउनु भयो । उहाँले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताउनु भयो । उहाँले पशुपति क्षेत्रका सडकहरु चाँडो र तीब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताउनु भयो । उहाँले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताउनु भयो । उहाँले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेहेका बताउनु भयो । उहाँले सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताउनु भयो । उहाँले सम्पदा शैलीका सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने बताउनु भयो ।



काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ऐतिहासिक, सांस्कृति र पुरातात्विक रुपमा महत्व बोकेको वडा भएको बताउनु भयो । उहाँले वडाले बस्ती र बस्तीहरुलाई सांस्कृति र पुरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।



