काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दुई वर्षभित्र सबैको घरघरमा विजुली पुग्ने बताउनु भएको छ ।नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले दाहालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली बालिसक्ने पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णय गरिरहेको दाबी गर्नुभयो ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपछि आफू नेतृत्वको सरकारले १८ घण्टाको लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्री दाहालको दाबी थियो । प्रधानमन्त्री दाहालले अब नेपालले हरित हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको पनि बताउनुभयो ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



