काठमाडौंको स्वयम्भुमा आफ्नी श्रीमती, छोरी र नातिनीको हत्या गरी फरार भएका राजु घिमिरे भनिने काजी बिक मृत फेला परेका छन । सितापाइलामा श्रीमती प्रेम कुमारी, छोरी अनिसा र नातिनी सिवानाको हत्या गरी फरार रहेका विक हरिसिद्धिको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।
नागार्जुन नगरपालिका–६ सितापाइलामा आज विहान तीन जनाको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा हत्या जस्तै देखिएको भन्दै प्रहरीले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।






