आयरल्याण्ड उल्भ्सविरुद्धको २ खेलको टी–२० सिरिज नेपालले क्लिनस्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपालले आयरल्याण्ड वल्भ्सलाई ७१ रनले पराजित गरेको हो । १९९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको आयरल्याण्ड उल्भ्स १८ दशमलब ३ ओभरमा १ सय २७ रन बनाएर अलआउट भएको हो । आयरल्याण्डका लागि स्टिफन डोहेनीले २६ र मोर्गन टपिङले २१ रन बनाए ।

नेपालका लागि भने सोमपाल कामीले ३, कुशल मल्लले ३ तथा कुशल भूर्तेल र करण केसीले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रनको योगफल तयार पारेको थियो ।नेपालका लागि गुल्शन झाले ४६, कुशल मल्लले ३४ र रोहितकुमार पौडेलले ३३ रन बनाए । कुशल भुर्तेल २५, सन्दीप जोरा २१ र आशिफ शेख ११ रनमा आउट भए । म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले दुई विकेट लिए । सिरिजको पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।

योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी २० सिरिज पनि जितेको छ ।यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी२० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्नेछ । आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेलको सिरिज पनि खेल्नेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय