विभागीय नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पूनरागमन जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार सुरुवाती दुई सेट गुमाएको एपिएफले त्यसपछिको सबै तीन सेट आफ्नो पक्षमा पार्दै पूनरागमन जित निकाल्दै समूह ‘बी’ को विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो ।

पराजित सुदुर पनि उपविजेताको रुपमा क्वाटरफाइनल पुगेको छ । एपीएफले २४–२६, १९–२५, २८–२६, २५–२२ र १५–१३ ले आफ्नो पक्षमा पारेको हो । आजै भएको पुरुषतर्फको अर्को खेलमा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो समूहबाट कोशी प्रदेश पनि समूह उपविजेताको रुपमा अन्तिम ८ मा पुगेको छ ।

आज नै महिलातर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकाले । आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । हारका बाबजुद ३ खेलमा ७ अंक जोडेको एभरेष्ट सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि नेपाल पुलिस क्लबलाई जित्नै पर्ने हुन्छ । पुलिसलाई भने आर्मीविरुद्ध एक अंक जोडे सेमिफाइनल पुग्ने छ । पुलिसको ५ र आर्मीको ३ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय