काठमाडौं । नेपाल सरकारले २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट दिउँसो ३  बजे संसदको दुबै सदनको संयुक्त बैठकबाट अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गर्न लाग्नुभएको हो । ७३औँ बजेट २०८१/०८२ को बजेट प्रस्तुत भएपछि संयुक्त बैठक स्थगित हुनेछ ।

सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्बको बजेट ल्याउने तयारी गरेको छ । सरकारले ऋणात्मक रहेको निर्माण तथा औद्योगिक क्षेत्रलाई सम्बोधन गर्ने किसिमले बजेटको कार्यक्रम ल्याउने भएको छ । स्वास्थ्य, रोजगारी, शिक्षा र सामाजिक सुरक्षाका कार्यक्रमलाई मुख्य जोड दिइएको छ । साथै कृषिमा लगानी दशक घोषणा गरी कृषिबाटै औद्योगिकरणको यात्रा तय गर्ने दिशामा बजेट केन्द्रित गरिँदै छ।​ सरकारले यो पटक कर्मचारीको तलब नबढाउने भएको छ । यस्तै बजेटबाट सरकारले वृद्धभत्ता पाउने उमेरलाई फेरि ७० बनाउने तयारी गरेछ ।

नेपालमा वि.सं २००८ साल माघ २१ गते पहिलो वार्षिक बजेट प्रस्तुत गरिएको थियो । तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पेश गरेको पहिलो बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय