पर्वत । आहा–रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

२३औँ संस्करणअन्तर्गत मनाङ मस्र्याङ्दीको यो नै पहिलो खेल हो । जावलाखेल युथले गत माघ ११ गते भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको थियो ।

विजेता टोलीले थ्री स्टार फुटबल क्लबसँग माघ १७ गते प्रतिस्पर्धा गर्नेछ । आजको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । फाइनल खेल माघ २० गते दिउँसो १ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय