काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने लाग्नु भएको हो ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएसँगै प्रतिनिधिसभाको अर्को बैठक साँझ ६ बजे बस्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति ‘टेबुल’ गर्नुहुनेछ ।

संविधानको धारा ९५ मा संघीय संसद्को दुवै सदनमा राष्ट्रपतिले संयुक्त बैठकमा सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय