काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लाग्नु भएको हो । बजेट करिब १७ खर्ब रुपियाँको हाराहारीमा ल्याइने छ ।

आर्थिक मन्दी र राजश्व संकुचनको सामना गरेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति लिने तयारी गरेको छ । बजेटमार्फत सरकारले विकासमा अवरोध पुर्याइएका नीतिगत अड्चन समाधानको बाटो खुलाउने प्रयास गरिने छ भने चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदै छ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने उल्लेख गरेको थियो । सरकारले आज विभिन्न चार वटा विधेयक पनि प्रस्तुत गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय