काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सरकारले ल्याएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्नुभएको हो ।
अर्थमन्त्री डा. महतले चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २ प्रतिशत छुट्याउनु भएको छ । पूजिँगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७ दशमलव ५५ प्रतिशत बजेट छुट्याइएको छ । सरकारले राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड उठाउने लक्ष्य लिएको छ । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त गर्ने सरकारको लक्ष्य रहेको छ ।



पूर्णपाठ



