इक्वेडरको आगामी राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारको चुनावी -यालीमा गोली हानी हत्या भएको छ । देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोलाई बुधबार उत्तरी सहर क्विटोमा कार्यक्रमबाट बाहिरिँदा आक्रमण भएको थियो । भिल्लाभिसेन्सिया कारमा चढ्दै गर्दा एक व्यक्ति उनको अगाडि आइ टाउकोमा गोली हानेको प्रत्यक्षदर्शीले बताए ।

५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीन पटक गोली प्रहार भएको थियो । सुरक्षाकर्मीको गोली लागि संदिग्धको पनि मृत्यु भएको छ । इक्वेडरमा राष्ट्रपतिको पहिलो चरणको निर्वाचन अगस्ट २० मा हुने तय भएको छ । वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले उम्मेदवारको हत्याबाट आक्रोशित र स्तब्ध भएको भन्दै संगठित अपराधले धेरै लामो यात्रा गरिसकेको भएपनि कानूनको पूरा भार उनीहरूमा पर्ने प्रतिक्रीया दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय