काठमाडौं । इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार नेपाल सरकारले गर्ने भएको छ ।

नेपाल सरकारले इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसन गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ ।

हमासले इजरायलमा गरेको आक्रमणमा परी शनिबार १० जना नेपालीको मृत्यु भएको थियो । मृतक १० जनाको शव नेपाल ल्याउन सरकारले इजरायल सरकारसँग समन्वय गरिरहेको छ । इजरायलमा रहेका नेपालीलाई सरकारले धैर्य र संयम अपनाउन आग्रह गरेको छ ।

साथै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै शव पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय