सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १० १० लाख राहत दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। साथै सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा समेत गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो।

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकि हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय