इजरायली बमबारी र नाकाबन्दीपछि गाजा क्षेत्रमा मानविय संकट देखिएको छ । गाँजा क्षेत्रका सर्वसााधारण नागरिकहरूलाई खाद्यान्न, इन्धन र पानीको अभाव देखिएको हो । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अत्यावश्यक आपूर्तिको अनुमति दिन आग्रह गरेका छन । गाजा क्षेत्रमा हजारौं बालबालिका र निहत्था सर्वसाधारणको जिवन रक्षाको लागि मानविय सहायता अपरिहार्य भएको उनको भनाइ छ ।



इजरायल, संयुक्त राष्ट्रसंघ र इजिप्टसँग केही सहायता सामिग्र गाजा क्षेत्रमा पठाउने र त्यहाँका बासिन्दाहरूलाई बाहिर जान दिने बिकल्पमाथि छलफल भैरहेको बताईएको छ । इजरायलले औषधि, खाना, इन्धन र पानीलगायतका बिजुली आपूर्ति बन्द गरेपछि गाजा क्षेत्रमा मानविय संकट बढेको हो । इजरायलमा ज्यान गुमाउनेको संख्या १२ सय पुगेको छ भने गाजामा इजरायली पक्षबाट भएको जवाफी हमलामा ११ सय भन्दा बढी मानिस मारिएका छन् । आक्रमणमा मारिनेमा इजरायली र प्यालेस्टिनीबाहेक नेपालसहित २० मुलुकका नागरिक रहेका छन् । थाइल्याण्डका १२, अमेरिकाका ११ र अर्जेन्टिनाका ७ जना मारिएका छन ।



