काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इञ्जिनियरहरूले आफुले पाएको तलबलाई कानुनी रुप दिन गरेको मागप्रति अनुचित नभएको बताउनु भएको छ ।
नेपाल इञ्जिनियर्स एशोसियसनले ६२औं इञ्जिनियर्स डेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ३७ हजार तलबले कसरी कुन तरिकाले परिवार पाल्ने भनेर चिन्ता व्यक्त गर्नुभएको हो ।



प्रधानमन्त्रीले थोरै तलबले दैनिकी चलाउनै गाह्रो हुने अवस्थामा पनि इञ्जिनियरहरुले इमान्दारीताका साथ काम गरेको भन्दै सरकार साथमा रहेको आश्वासन दिनुभयो ।



