इटलीको द्विप लेन्पेडुसा नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा परेका चार जनालाई भने जीवितै उद्दार गरिएको छ । उनीहरुले उद्धारकर्मीसँग ट्युनिसियाबाट इटली जान लागेको बताएका छन् । उद्दार गरिएका चारै आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् ।

स्फेक्स पोर्ट सिटीबाट ४५ जना डुङ्गामा सवार गरेको र केही घण्टापछि नै डुंगा डुबेको उनीहरुले बताएका छन् । उनीहरुलाई त्यहाँबाट यात्रा गरिरहेको एउटा कार्गो सिपले बचाएर इटलीको कोस्ट गार्डलाई सुम्पिएको थियो । उत्तरी अफ्रिकाबाट युरोप जानका लागि समुद्र पार गर्ने कोसिसमा यस वर्ष हालसम्म १८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय