काठमाडौं । सुनसरीको इटहरीमा पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।
भारतीय नम्बरको पिकअप र मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।



मृत्यु हुनेमा इटहरी– १६ का २४ वर्षीय अनिनेश चौधरी, २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरी रहेका छन् । गम्भीर घाइते भएका प्रेमलाल चौधरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । मृत्यु हुने तीनै जनाको सोही अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । शम्भु र करणको गएराति साढे बाह्र बजे मृत्युभएको थियो भने अनिनेशको आज विहान मृत्युभएको छ ।
गएराति पश्चिमतर्फ जाँदै गरेको भारतीय डब्लु बी ७३ इ ९११७ को पिकअप र पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । मोटरसाइकलमा चार जना सवार थिए ।



