पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० ले हिरासतमा रहेका आफ्ना संस्थापक तथा पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य र सुरक्षासम्बन्धी अफवाह तीव्र बन्दै गएको भन्दै सरकारसँग तत्काल औपचारिक र पारदर्शी स्पष्टीकरण दिन माग गरेको छ। पीटीआईले डन दैनिकलाई उद्धृत गर्दै इमरान खान र उनका परिवारबीच छिटोभन्दा छिटो भेटघाटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। हालै अडियाला जेलमा उनकी बहिनीहरूलाई भेट गर्न अनुमति दिइएनपछि परिवारजन र समर्थकहरूबीच गम्भीर चिन्ता उत्पन्न भएको पार्टीको भनाइ छ।

जेल प्रशासनले इमरान खानको अवस्थाबारे स्पष्ट जानकारी नदिँदा स्थिति झनै शंकास्पद बनेको पीटीआईले जनाएको छ। उनका बहिनीहरूले वास्तविक अवस्था बुझ्न प्रयास गर्दा रोक लगाएपछि समर्थकहरूले जेल बाहिर धर्ना दिनसमेत आग्रह गरेका थिए। डनका अनुसार सामाजिक सञ्जालमा फैलिएका अप्रमाणित दाबीहरूले यी शंका थप बलियो बनाएका छन्। केही भारतीय सञ्चारमाध्यमले उनको स्वास्थ्य र सम्भावित निधनसम्बन्धी आधारहीन समाचार प्रसारण गरेपछि “इमरान खान कहाँ छन्रु” भन्ने ह्यासट्याग बिहीबार व्यापक रूपमा ट्रेन्ड भएको थियो।

पीटीआईले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै अफगान तथा भारतीय सञ्चारमाध्यम र केही विदेशी सामाजिक सञ्जाल खाताहरूबाट इमरान खानबारे भ्रामक र घृणास्पद अफवाह फैलाइएको आरोप लगाएको छ। पार्टीले सरकार र गृह मन्त्रालयलाई ती सबै अफवाह तत्काल खण्डन गर्न, तथ्यसहित जनतालाई आधिकारिक जानकारी दिन र परिवारसँग तुरुन्त भेटको व्यवस्था गर्न आग्रह गरेको छ। साथै यस्तो संवेदनशील विषयमा अफवाह फैलाउने व्यक्तिहरूमाथि छानबिन गरी सत्य बाहिर ल्याउन माग गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय