इलाम । इलाम २ को निर्वाचनको प्रारम्भिक ३ वटा वडामा नेकपा एकीकृत समाजवादी पार्टीले ६ मत प्राप्त गरेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को १ र ३ वडामा समाजवादी पार्टीले एक मत पनि प्राप्त गर्न सकेन । समाजवादीको तर्फबाट जीतबहादुर राई उम्मेदवार छन् ।



स्वतन्त्र उम्मेदवार मनोज निरौला र डाकप्रसाद गौतमले कुनै पनि मत प्राप्त गर्ने सकेनन् । गौतम अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस बिपीबाट उम्मेदवार थिए ।



