काठमाडौं । उपनिर्वाचनका लागि आज मतपत्र निर्वाचन क्षेत्रमा पठाइएको छ । वैशाख १५ गते हुन लागेको इलाम–२ का लागि १ लाख २८ हजार र बझाङ– १ (१)का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम–२ मा १९ र बझाङ– १ (१) मा ११ जना उमेदवार रहेका छन् ।

इलाममा १ लाख १५ हजार ८९ मतदाता छन् भने बझाङमा ६१ हजार ७४ मतदाता रहेका छन् । निर्वाचन आयोगले छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय