काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सडकको नामाकरण गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिकाले नगरपालिकालाई डिजिटल प्रविधिबाट मेट्रिक्स घर नम्बर प्रणाली कार्यान्वयन गर्न लागेपछि नगरभित्रका सम्पूर्ण सडकहरुको नामाकरण गर्न लागिएको हो । पछिल्लो समय नगरभित्र सडक तथा टोलको नामाकरण मनलाग्दी ढंगले राखिएसँगै यहाँको पौराणिक, मौलिक र नेपाली भाषाका बास्तविक पहिचान दिनप्रतिदिन हराउँदै जान थालेपछि नगरपालिकाले २०८० असोज २३ गते १५ वटै वडालाई इतिहास नमेटिने गरी नामाकरण गरी ल्याउन पत्राचार गरेको थियो ।

सोही पत्राचारको आधारमा वडा नम्बर १४ ले वडाबासीलाई २०८० कात्तिक १८ गते शनिबार वडा कार्यालयमा छलफलका लागि सार्वजनिक सूचना जारी गरेको छ । सबै वडाले आफ्नो वडा भित्र रहेका सबै सडक, बस्ति, टोलको नाम पठाएपछि नगरपालिकाले डिजिटल सिस्टममा अद्यावधिक गर्ने छ ।

चन्द्रागिरि नगरपालिकाका सूचना प्रविधि अधिकृत संजिव ज्ञवालीले नगरपालिकाले यो सिस्टमलाई कार्यान्वयनमा ल्याएपछि नगरभित्र भएका सम्पूर्ण बाटोघाटो, टोल र घरहरुको विस्तृत विवरण देश वा विदेशको कुनै पनि कुनामा बसेर हेर्न र जानकारी लिन सकिने बताउनु भयो । उहाँले एमटीएमपी लागुभएसँगै नगरपालिका भित्र विकास निर्माणको कामले अझ गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय