धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को१ज २५९३ बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको पुष्टि भएको छ। घटनास्थलमा उद्धारका क्रममा अर्का यात्रुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए।दुर्घटनामा जीप चालक मान बहादुर बस्नेत सहित ७ जनाको मृत्यु भएको र अन्य ८ जना घाईते भएका छन् । मृतकहरूमा ३ जना पुरुष, ३ महिला र एक जना नाबालक छन्।
घटनास्थलबाट स्थानीयबासी र प्रहरीले अन्य ८ यात्रुको उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन्। घाइतेहरूलाई सप्तकोसीमा चल्ने जेटबोटबाट चतरासम्म लगिएको थियो। धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटनामा परेको थियो।






