उदयपुरमा शसस्त्र प्रहरीले ठुलो मात्रामा गाँजा बरामद गरेको छ । जिल्लाको पूर्वी बेलका नगरपालिका वडा नं ६ मुर्ति खोलामा छेउबाट ८९१ केजी ४२३ ग्राम गाँजा बरामद गरेको हो । गाँजा शसस्त्र प्रहरी बल ५ नं हेक्वा त्रियुगा उदयपुरको माताहत सुरक्षा बेस रामपुरले समातेको हो । शसस्त्र प्रहरी बल ५ नं हेक्वा त्रियुगा उदयपुरका शसस््रत्र प्रहरी उपरिक्षक शुसिल कुमार शाहीका अनुसार शनिवार करिब ७ बजेको समयमा शसस्त्र प्रहरी निरिक्षक नरेश चौधरीको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीले मुर्तिखोला छेउको झाडी बाट गाँजा बरामद गरेका थिए ।



गाँजा झाडिमा लुकाई छिपाई अवस्था राखिएको अवस्थामा बरामद गरिएको उपरिक्षक शाहीले बताए । बरामद भएको गाँजा सुरक्षा बेस रामपुरमा राखिएको र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाईएको छ ।



