प्रधानमन्त्रीको निर्देशनमा उद्योगहरुको विद्युत कटौती भएकोमा सुनसरी उद्योग वाणिज्य संघ र सम्बन्धित उद्योगहरुले आपत्ति जनाएका छन् । आज पत्रकार सम्मलेन गर्दै सम्बन्धित उद्योगी व्यवसायीहरुले लाइन काट्नु नीतिगत कुरा नभएको बताउदै अविलम्ब लाइन जडान गरी उद्योग सञ्चलनमा सहजता प्रदान गर्न माग गरेका हुन ।

व्याजदर बृद्धिका कारण नीजि क्षेत्र लगायत अर्थतन्त्र नै धरापमा परेको अवस्थामा खनारस्थित रिलायन्स स्पिनिङ लगायतका उद्योगको विद्युत कटौती गर्ने कार्य गलत भएको सुनसरी सुनसरी उद्योग वाणिज्य संघको भनाइ छ ।

डेडिकेटेड लाइन आफूहरुले प्रयोग नगरेको र प्रयोग नगरेको विल तिर्न उद्योग असमर्थ रहेको रिलायन्स स्पिनिङ्ग मिल्सले बताएको छ । मुद्दा अदालतमा विचाराधिन रहेको र डेडिकेट लाइनको विद्युत खपत नै नगरेको उद्योगको दाबी छ ।

कोरोना महामारी पश्चात मुलुकको अर्थतन्त्र लयमा फर्कन नपाउँदै विश्वव्यापी आर्थिक मन्दी, व्याजदर बृद्धिका कारण नीजि क्षेत्र धरापमा परेको अवस्थामा सरकारले विद्युत कटौती गर्दा समस्या झन बढने उद्योगीको भनाइ छ । विद्युत कटौतीले हजारौं मजदुरको रोजगारीमा समेत समस्या भएको छ । रिलायन्समा १ हजार ५ सय मजदुर कार्यरत रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय