काठमाडौं । प्रतिनिधि सभा इलाम क्षेत्र नं. २ र बझाङ प्रदेश १ (१) मा उपनिर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्दैछन् । उम्मेदवारले विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज साँझ ६ बजे उम्मेदवाको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने छ ।

यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ । अपराह्न ५ बजे उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे आयोगले जाँच गरी निर्णय गर्नेछ । चैत २६ गते साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आगामी बैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय