उपाधि दावेदार स्वीडेनलाई पराजित गर्दै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा स्पेनको जितमा साल्मा पारालुएलो र ओल्गा क्यामरोनाले गोल गरे । स्वीडेनकी रेविका ब्लमभिस्टको गोल सान्त्वना बन्यो । ८१औं मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएकी थिइन । ८८औं मिनेटमा रेविका रेविकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।



त्यसको एक मिनेटपछि नै ओल्गाले सुन्दर गोल गर्दे स्पेनलाई २–१ को जित दिलाएर फाइनल पु¥याइन् । सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । तर, यसपटक स्पेनले सानदार प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भएको छ । अब स्पेनले उपाधिका लागि २० अगस्टमा इंग्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल भोलि दिउसो हुनेछ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



