पर्वत- बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका पर्वत कुश्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारी संस्थाका ५ जना सञ्चालकसहित ६ जनालाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको छ ।आइतबार पर्वत जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले प्रहरीको हिरासतमा रहेका सवै सञ्चालकलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

बागलुङ जिल्ला जैमिनी नगरपालिका १ घर भएकी लक्ष्मीदेवी शर्मा समेत सहकारीबाट पिडित ६० जना बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।सोही उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिई सहकारीका अध्यक्ष लेखनाथ शर्मासहित ६ जनालाई मंसिर १३ गते नियन्त्रणमा लिई हिरासत कक्षमा राखेर अनुसन्धान अघि बढाइरहेको थियो ।

प्रहरीले हिरासतबाटै सहकारी सञ्चालकहरुलाई सहकारी विज्ञकै उपस्थितिमा अनुसन्धान गरी पुस ८ गते पर्वत जिल्ला अदालतमा पेश गरेको थियो ।आइतबार अदालतले उक्त सहकारीका अध्यक्ष लेखनाथ शर्मासहित नियन्त्रणमा रहेका शालिग्राम पाध्या, विष्णुप्रसाद तिवारी, धनपति आचार्य, राजु शर्मा र सफ्वेयर डिजाइनर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।प्रतिमान पौडेल एक साता अघि तपाई हाम्रो सहकारीको ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए भने अन्य ५ जनालाई आज पठाएको अदालतका श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिए ।

अदालत श्रोतका अनुसार पिडितको उजुरीका आधारमा ९ करोड १५ लाख भन्दा बढी रकम ठगी गरेको आरोप छ ।यस अघि अदालतको आदेशले तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका सचिव विकास विश्वकर्मा र सहकारीका सफ्टवर्यर डिजाइनर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने र सहकारीका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय र सहसचिव ओमकार कर्माचार्यलाई जनही ३०-३० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय