एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल संघ एन्फा का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गरे । महासचिव राईले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो । स्वदेश फर्किएसँगै नेपाली राष्ट्रिय महिला फूटबल टिमकी कप्तान सावित्री भण्डारी साम्बाले एएफसी क्वालिफायरमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दागर्दै जीतबाट चुकेको प्रतिक्रिया दिनुभयो ।

कप्तान भण्डारीले कप्तानको विषयमा विवाद भएको स्वीकार्दै आगामी दिनमा यस्तो विवाद नआओस भन्ने कामना गर्नुभयो । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह एफको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको थियो । लाओसलाई ९-० र श्रीलंकालाई ८-० ले पराजित गरेको नेपाल अन्तिम खेलमा उज्बेकिस्तानसँगको हारसँगै एसियन कप खेल्नबाट वञ्चित भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय