काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको एक सय किलो सुन जोख्दा ६० किलो ७ सय ८९ ग्राम भएको टक्सार महाशाखाले जनाएको छ ।
गत साउन ३ गते उक्त सुन काठमाडौं सिनमंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । सुन ब्रेक शुबाट निकालिएको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले केही कालो बस्तु मिसिएकाले त्यो पनि छुट्याउन बाँकी रहेको बताउनु भएको छ । छुट्याइएको सुन मंगलबार विहान साढे दश बजे गालिने छ । ब्रेक शुसहित पहिले जोख्दा १ सय ५५ किलो भएको थियो ।






