काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिक लिउ फुयान र ली जियालिनलाई विमानस्थलबाट पक्राउ गरेको हो । चीन जाँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ । दुई चिनियाँ नागरिक पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।






