काठमाडौं । एनआईसी एशिया बैकको खराब अवस्थाको बारेमा सञ्चार माध्यमहरुमा समाचार आउन थालेपछि बैक अफ्यारोमा परेको छ ।

मंगलबार राष्ट्र बैकले एक विज्ञप्ती जारी गर्दै बैकको अवस्था खराब नभएर सामान्य रहेको जानकारी समेत दिएको थियो । यता देशका केही ठुला मिडियाहरुले मौकाको फाईदा उठाउँदै बैकले केही समय मोटो रकम दिएर दिएको विज्ञापन फेरि माग गर्दै बैकविरुद्ध समाचार बजाउन थालेर पुनः विज्ञापन पाउन सफल भएका छन् । बैकले ठूला मिडियाहरुमा फोन गर्दै पुनः पहिलाकै दर रेटमा विज्ञापन दिने भएपछि टेलिभिजन र नाम चलेका अनलाईनहरुमा एन आई सी बैकविरुद्धको समाचार आउन बन्द भएको छ । बैकको समाचार लगातार आउन थालेपछि पछिल्लो समय एन आई सी एशिया बैकको शेयको मूल्यमा लगातार गिरावट समेत आईरहेको छ ।

यतिमात्र होइन एन आई सी एशियाको देशैभर रहेका बैंकका शाखाहरुमा पैसा निकाल्नेहरुको भिड लागेको छ । साथै बैंकले रकम बैकमा जम्मा गर्ने ग्राहकहरुको रकम हिनामिना गरेको विनाहक उठिबास लगाएका ग्राहकहरु मिडियाको सम्पर्कमा समेत आउन थालेका छन् ।

बुधबार राजधानीमा आयोजित दुर्गा प्रसाईको कार्यक्रमा स्वयम् प्रसाईले समेत एन आई सी एशियामा रहेको आफ्नो रकम तुरुन्त झिक्न बचतकर्तालाई आहवान समेत गर्नुभएको थियो । साथै उहाँले मिडियाहरु बैंक नजिक गएर क्यामेरा देखाए मात्रै भने पनि तानेर विज्ञापन दिने गरेको र आफ्नो कर्तुत ढाकछोप गर्न सक्दो पहल गरिरहेको बताउनु भएको थियो ।

https://www.facebook.com/reel/1598224967618709

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय