काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आउने भएकी छन् । एमसीसीकी सीईओ अलब्राइट काठाडौंमा पाँच दिनसम्म रहने तालिका छ ।
सीईओ अलब्राइट द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा नेपाल भ्रमण आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । अलब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाललगायत प्रमुख दलका नेतालाई पनि भेटने कार्यक्रम रहेको छ । नेपाल सरकार र अमेरिकाबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गत भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनमा गएको छ ।






