काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्लाको ७औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनमा एमाले काठमाडौं जिल्ला अध्यक्षमा दिपक निरौला, उपाध्यक्षमा विश्वराम सापकोटा, सचिबमा राजेश शाक्य, उपसचिवमा बिन्दु महर्जन र उद्धव भण्डारी निर्वाचित भएका छन ।

काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ९ र १० समाबेश भएको चन्द्रागिरि नगरबाट भने क्षेत्र नम्बर ९ बाट ८ र क्षेत्र नम्बर १० बाट ९ गरी १७ जना जिल्ला कमिटी सदस्य निर्वाचित भएका हुन् । संजय सिग्देल युवा खुल्ला, बसन्ती श्रेष्ठ महिला खुल्ला, बिन्दु श्रेष्ठ पालिका महिला, बुद्धलक्ष्मी श्रेष्ठ पालिका महिला, पालिका खुल्ला तर्फ राजेन्द्र केसी, राजु श्रेष्ठ, लक्ष्मण तण्डुकार, शिवकुमार महर्जन, पालिका क्षेत्र युवा तर्फ जगदिश रिजाल, प्रदेश ख तर्फ हरिभक्त महर्जन, सुदर्शन केसी, जिल्ला खुल्ला तर्फ दिपक पनेरु, जनजातिबाट चम्पा रोक्का, पालिका क्षेत्र महिलाबाट रञ्जु खड्का, क्षेत्र खुल्लातर्फ अमन्तराज सिग्देल रहेका छन् ।

साथै राजभाई महर्जन र इन्द्रबहादुर महर्जन पनि जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय