काठमाडौं । नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो अधिवेशनको तयारी पूरा भएको छ । कमिटीले आज पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठले अधिवेशनका लागि झण्डा, ब्यानर राख्ने काम सम्पन्न भइसकेको र मञ्च सजावटको काम भइरहेको जानकारी दिनुभयो । अधिवेशन अघि विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहितको र्याली अधिवेशन स्थल पुग्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । उहाँले जेठ ५ र ६ गते किसिपिडीमा हुने अधिवेशनबाट नयाँ नेतृत्व चुनिने पनि बताउनु भयो ।
१५ वटा वडाबाट ११४२ जना संगठित सदस्य रहेको एमाले चन्द्रागिरि नगर कमिटीबाट १५ जनाबाट १ सय ९० जना प्रतिनिधि रहने र अधिवेशनमा करिव ३ हजार जनाले सहभागिता जनाउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म नेतृत्वको लागि ४ जना आकांक्षी रहेको बताउनु भयो । उहाँले सकेसम्म सर्वसम्मत् नेतृत्व चयनका लागि प्रयास गरिने र नभए प्रजातान्त्रिक प्रक्रिया अनुसार अघि बढ्न पनि बताउनु भयो ।



पार्टीका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा हुने अधिवेशन चन्द्रागिरि नगरपालिका वडा नं. ५ लाछीमा हुनेछ ।
https://www.facebook.com/100094559726701/videos/765513225563843



