काठमाडौं । नेकपा एमाले चन्द्रागिरि वडा नं. ८ कमिटीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा नं. ८ कमिटीले दोस्रो अधिवेशनका अवसरमा २६० जना ज्येष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको हो ।

नेकपा एमाले पोलिट व्यूरो सदस्य आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ज्याकेट, मोजा र स्वेटर वितरण गरिएको थियो । कार्यक्रमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य सन्तोष खड्काले आगामी दिनमा घरघरमा पुगेर स्थानीय तथा ज्येष्ठ नागरिकका समस्याको समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा स्थानीय तथा ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

–उत्तम कार्की

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय