काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्नेछ । अधिवेशनमा नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको छ । यद्यपी अध्यक्ष पदको आकांक्षी धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ ।

अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, सानुकुमार श्रेष्ठ, केशवराज पाण्डे, विजय सुवेदी र कृष्णभक्त पोखरेललगायतका नेताहरुले आकांक्षा राखेका छन् । उनीहरु मध्ये कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धाको सम्भावना देखिएको छ । सहमति नभएमा आकांक्षीको उम्मेदवारी दर्ता हुने र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रियालाई अगाडी बढाइने छ । चुनावी प्रकृया विद्युतीय मतदानबाट हुनेछ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको प्रथम अधिवेशनको आइतबार उद्घाटन गर्नुभएको थियो । उहाँले नेतृत्व चयन सहमतीबाट गर्न सुझाव दिनुभएको थियो । यदि सहमति नभए प्यानल नबनाई चुनावी प्रक्रियाबाट सहभागी हुन आग्रह गर्नुभएको थियो । अध्यक्ष ओलीले चुनावी प्रक्रिया यदि प्यानलबाट भएमा सिंगै प्यानलको उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय