काठमाडौं । दुई ठूला दल एमाले र कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ । लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दुई नेताले संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । पहिलो चरणमा डेढ वर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् भने दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्नुहुनेछ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय सम्हाल्ने छन् । यससँगै प्रदेश सरकारमा पनि भागवण्डा हुनेछ । दुई नेताबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने र राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने तयारीमा जुटेका छन् ।

एमालेले कांग्रेससँग सहमतीय सरकारको सहमति गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय