काठमाडौं । एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको तयारी गरेको जनाएको हो ।

परीक्षा बोर्डले सम्भव भएसम्म आजै नतिजा ल्याउने नभए दुई दिनभित्र नतिजा प्रकाशन गर्ने बताएको छ । बोर्डले नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने जनाएको । नतिजा प्रकाशनका लागि १९ वटा संस्थाले अनुमति पाएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । १४ वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिने छ ।

गत चैत १७ गते सुरु भएको एसइईमा देशभरका ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय