एसिया कप खेल्नका लागि नेपाली क्रिकेट टोली आज श्रीलंका पुगेको छ । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली कोलम्बो पुगेको हो । बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको भारी अन्तरले पराजित भएको थियो ।

अब नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ मा खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ । त्यसअघि यो समूहको अर्को खेलमा प्रमुख प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । यो खेल भदौ १६ मा श्रीलंकामै हुनेछ । समूह ‘ए’बाट दुई टोली सुपर ४ मा जाँदा १ टोल भने पहिलो चरणबाटै बाहिरिनेछ । यस्तै, समूह ‘बी’मा आज घरेलु टोली श्रीलंका र बंगलादेश भिड्दैछन् । यो समूहमा अफगानिस्तान पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय