काठमाडौं । जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका गर्ने उद्देश्यले अमेरिकाको न्यूयोर्कमा नेपाल र भुटानका प्रधानमन्त्रीबीच छलफल भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक भेटघाटमा व्यस्त छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको हो । दुई प्रधानमन्त्रीबीचको भेट राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालयमा भएको थियो । छलफलका क्रममा भुटानी प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको बताउनु भयो उहाँले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय