काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ बन्ने सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने नेपाली काँग्रेसले बताएको छ ।
पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको अब बन्ने सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताउनु भएको हो । संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री दाहालले पूरा गरिसकेको बताउनु भयो ।



उहाँले राजनीतिक रूपमा काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाइभन्दा बढी मत भएको उल्लेख गर्नुभयो ।



