काठमाडौं । जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पुरक परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले भदौ २८ र २९ गतेको परीक्षा यही असोज ७ र ८ गते सञ्चालन हुने जनाएको हो ।

संशोधित तालिकाअनुसार ७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको सानो कोड भएको विषयको परीक्षा हुनेछ । अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ ।

यस्तै ८ गते दुवै विषयमा परीक्षा हुने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय