नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । पछिल्ला दिनमा लगातार बढ्न थालेको सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो मूल्य अहिलेसम्मकै बढी हो ।

बिहीबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज तोलामा २५ रूपैयाँले बढेर १ हजार ४३५ रूपैपयाँ कायम भएको छ । हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ आकासिँदै गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय