सर्लाही । सर्लाहीको कबिलासी नगरपालिकामा कार्यरत करारका कर्मचारी र व्यापारीहरु पालिका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । पालिका अन्तर्गत १० वटै वडामा कार्यरत करार सेवाका सि।एम।ए, कार्यालय सहयोगी तथा सवारी चालकहरु गरि ३६ जना कर्मचारीहरु बिगत १५ महिना देखि तलब भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन । दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको पालिका माथि १५ महिनाको तलब भत्ता बापत १ करोड २४ लाख २७ हजार रुपैया भुक्तानी गर्न बाँकी रहेको कबिलासी न।पा का वडा न–८ का वडा कार्यालयमा कार्यरत कम्पियुटर अपरेटर सन्तोष कुमार यादवले बताएका छन् ।

आफुहरु पटक पटक तलब भत्ता भुक्तानी गरिदिन अनुरोध गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको यादवले बताए ।बुधबार देखि कार्यालयमा तालाबन्दी गर्ने निर्णय भएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् । त्यस्तै कबिलासी नगरपालिकाको कार्यालय रहेको क्षेत्र आसपासका आधा दर्जन व्यापारीहरु पनि पालिका माथि ८ लाख ३७ हजार रुपैयाँ बाँकी रहेको तर पालिकाले भुक्तानी गर्न आलटाल गरेको भन्दै उनीहरू पनि कर्मचारीहरु सँगै मिलेर आन्दोलन थालेका छन् ।

हरिन्दर होटलका संचालक हरिन्दर साहका अनुसार पालिकाले विभिन्न पसलहरु बाट सामानहरु उधारोमा खरिद गर्दै आएको र सो बापत बिल लिएर भुक्तानी माग्न जाँदा विभिन्न बहानाहरु बनाएर भुक्तानी दिन आलटाल गर्दै आएको छ ।हरिन्दर होटलको १ लाख ३४ हजार बाँकी रहेको छ ।सोही ठाउँको राजिब किराना पसलको ५१ हजार, दिपु होटलको ७२ हजार र प्रणव कम्युनिकेशनको ५४ हजार ७ सय रुपैयाँ भुक्तानी लिन बाँकी रहेको व्यापारीहरुले बताए । पालिकामा नया प्रमुख प्रशासकीय अधिकृत बिष्णु यादव आएकाछन् ।

पालिकामा कार्यरत सहलेखापाल सुरेन दास कार्यालयमा नआउदा समस्या विकराल बन्दै गएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु यादवले बताए । लेखापाल के कति कारणले कार्यालय आउदैन र फोन गर्दा फोन पनि उठाउदै यस्तो गैरजिम्मेवार लेखापालका कारण समस्या भएपछि आफुले लेखापाल संग स्पष्टीकरण लिखितमा मागेको पनि अधिकृत यादवले बताए । लेखापाल दासका काराण् समग्र कविलासी नगरपालिकाको बदनामी भईरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय