काठमाडौं । साउन दुई गते देखि जारी भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ ।

ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलबाट निस्किएको विषयमा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको छ । बैठकका निर्णय आजै सार्वजनिक गरिने छ ।

केन्द्रीय कार्य समिति बैठकको निर्णयलाई अन्तिम रुप दिन पदाधिकारी बैठक बस्दैछ । बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा विहान ११ बजेका लागि बोलाइएको छ । मंगलबार बोलाइएको बैठक बिना निष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय