काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज सभापति र महामन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनुहुने भएको हो । गत असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्ययोजनामा हिजोसम्ममा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव राखिसकेका छन् । केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको सोमबार सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ ।






