काठमाडौं । सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परेपछि आक्रोशित बनेको रास्वपाले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुको शैक्षिक योग्यतामा प्रश्न उठाएका छन् । जान्नेलाई छान्ने नारा नै बोकेको यो पार्टीका सहमहामन्त्री मनिष झाले त पोखरामा शनिबार भएको प्रदर्शनमा आफूहरु पढेर आएकाले पुराना दल आत्तिएको अभिव्यक्ति दिनुभयो । मुख्यरुपमा कांग्रेस महामन्त्री गगन थापाविरुद्ध आक्रोशित झाले उठाएको शैक्षिक योग्यताको विषयले अहिले सामाजिक सञ्जालसमेत तातेको छ ? के वास्तवमा रास्वपाका पदाधिकारी पढेलेखेका र कांग्रेसका पदाधिकारी नपढेका हुन् त ?

झाले डा. स्वर्णिम वाग्ले जस्तो पढेलेखेको मान्छेसमेत रास्वपामा भएको उदाहरण पेश गरिरहनु भएको छ । उहाँको यो अभिव्यक्तिपछि कांग्रेसका नेताहरुको शैक्षिक योग्यता के हो त भन्ने विषयमा प्रश्न उठेको छ । तर कतिपयले भने रास्वपाका सभापति रवि लामिछाने नै १२ कक्षा मात्र पास भएको व्यक्ति भएको भन्दै प्रतिवाद गरेको समेत देखिन्छ ।

हेरौँ कांग्रेस र रास्वपाका पदाधिकारीको शैक्षिक योग्यता ।

नेपाली कांग्रेस

१. शेरबहादुर देउवा, सभापति
शैक्षिक योग्यता : स्नातकोत्तर (अर्थशास्त्र र राजनीतिशास्त्र), बीएल

२. पूर्णबहादुर खड्का, उपसभापति
शैक्षिक योग्यता : स्नातकोत्तर

३. धनराज गुरुङ, उपसभापति
शैक्षिक योग्यता : स्नातकोत्तर

४. गगनकुमार थापा, महामन्त्री
शैक्षिक योग्यता : स्नातकोत्तर (समाजशास्त्र र मानवशास्त्र)

५. विश्वप्रकाश शर्मा, महामन्त्री
शैक्षिक योग्यता : स्नातकोत्तर

६. फरमुल्लाह मन्सुर, सह–महामन्त्री
शैक्षिक योग्यता : एसएलसी

७. उमाकान्त चौधरी, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातकोत्तर (वनस्पति विज्ञान)

८. महालक्ष्मी उपाध्याय डिना, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातकोत्तर

९. भीष्मराज आङ्दम्बे, सह–महामन्त्री
शैक्षिक योग्यता : बीएल

१०. महेन्द्र यादव, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातकोत्तर

११. किशोर सिंह राठौर, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातक

१२. बद्री पाण्डे, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातकोत्तर

१३. जीवन परियार, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातक

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा

१. रवि लामिछाने सभापति
शैक्षिक योग्यता : प्रमाणपत्र तह

२. डोलप्रसाद अर्याल, उपसभापति
शैक्षिक योग्यता : नखुलाइएको

३. स्वर्णिम वाग्ले, उपसभापति
शैक्षिक योग्यता : विद्यावारिधि

४. कविन्द्र बुर्लाकोटी, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातक तह

५. सुमना श्रेष्ठ, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातकोत्तर

६. विपिनकुमार आचार्य, सह–महामन्त्री
शैक्षिक योग्यता : स्नातकोत्तर

७. लिमा अधिकारी, कोषाध्यक्ष
शैक्षिक योग्यता : स्नातकोत्तर

८. वसुमाया तामाङ, सह–कोषाध्यक्ष
शैक्षिक योग्यता : प्रविणता प्रमाणपत्र तह

९. दीपकराज बोहरा, सह–कोषाध्यक्ष
शैक्षिक योग्यता : स्नातकोत्तर

१०. मनिष झा, सह–प्रवक्ता
शैक्षिक योग्यता : स्नातकोत्तर

११. प्रतिभा रावल, सह–प्रवक्ता
शैक्षिक योग्यता : नखुलेको

१२. रमेश प्रसाईं, सह–प्रवक्ता
शैक्षिक योग्यता : स्नातक

रास्वपा नेता मनिष झाले भनेको जस्तो रास्वपामा पढे लेखेका तर कांग्रेसमा अनपढ नेता भएको दाबी गलत देखिन्छ । तुलनात्मक रुपमा पदाधिकारीकै हकमा कांग्रेसमा पढेलेखेका सांसदहरुको संख्या धेरै छ । त्यसबाहेक विषय विज्ञता, विभिन्न विषयको अनुसन्धान वा विद्यावारिधी गर्नेकै संख्यासमेत कांग्रेसमा धेरै देखिन्छ । रास्वपाले यसअघि आफ्नो पार्टीको केन्द्रीय समितिमा स्नात्तकोत्तर सकेको व्यक्तिलाई मात्र राख्ने मापदण्ड बनाए पनि त्यो विवादित बनेको थियो भने निर्वाचन आयोगमा उपलब्ध विवरण अनुसार सभापति लामिछाने नै प्रविणता प्रमाणपत्र तह मात्रै उत्तिर्ण हुनुहुन्छ । जसकारण यो मापदण्ड लागू हुने अवस्था नै नरहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय