काठमाडौं । काठमाडौंको नागढुंगामा कार दुर्घटना भएको छ ।

बा १५ च ९०६४ नम्बरको कार बिहान नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो । सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । कार दुर्घटना भएकाले नागढुंगा सडकखण्डमा सवारी साधनको जाम लागेको थियो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उहाँकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय